नगद लाभांश सेयरधनीको खातामा जम्मा : लुम्बिनी विकास बैंक

शुक्रबार, २७ माघ २०७९, १४ : ३४

काठमाडौँ - लुम्बिनी विकास बैंक लिमिटेडले  गत पुष २६ गते सम्पन्न १९औं साधारण सभाबाट पारित भएको ९ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन सुरु गरेको हो ।

 बैंकले बुक क्लोज हुनुभन्दा अघिसम्म कायम रहेका आफ्ना शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा नगद लाभांश पठाएको हो । उक्त लाभांश सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपश्चात् जम्मा हुने सो बैंकले जनाएको छ ।

शुक्रबार, २७ माघ २०७९, १४ : ३४

प्रतिक्रिया