काठमाडौँ - प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । उक्त तथ्यांक गत आर्थिक वर्षको तुलनामा ३.४८ प्रतिशतले कम हो ।
गत आरव कम्पनीले २ अर्ब ३२ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९२ करोड ९८ लाख रुपैयाँ र बीमालेख धितोमा २ अर्ब ४८ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरी १० करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा भने ०.२५ प्रतिशतले बढेर १७ करोड ४७ लाख रुपैयाँमा पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी ३ अर्ब १४ करोड ९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २९ करोड २२ लाख रुपैयाँ, बीमा कोषमा २० अर्ब ७६ करोड ५५ लाख रुपैयाँ र महावित्ती कोषमा १९ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया