नाडेप लघुवित्तको  वित्तिय विवरण सार्वजनिक

शनिबार, २८ माघ २०७९, १७ : ११

काठमाडौँ - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू  आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त वित्तिय विवरण अनसार कम्वनीले यस बर्ष गत आर्थिक वर्षको तुलनामा  ९३।५७ प्रतिशत बढी खुद नाफा आर्जन गरेका हो । चालु आर्थिक बर्षमा कम्पनीले १ करोड ८० लाख रूपैंया भन्दा बढि खुद नाफा कमाएको छ । गत आर्थिक बर्षमा कम्पनीले ९३ लाख रूपैंयाभन्दा बढी मात्रै खुद नाफा कमाएको थियो । 

कम्पनीको नाफा बढेसंगै सञ्चालन नाफा पनि बढेको छ । यस वर्ष कम्पनीको सञ्चालन नाफा १२८ प्रतिशत बढेको छ । गत वर्ष १ करोड ६ लाख रूपैंयाभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २ करोड ४२ लाख रूपैंयाभन्दा बढी यो नाफा गरेको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १ करोड ४२ लाख रूपैंयाभन्दा बढी छ । २० प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी ४८ करोड ५७ लाख ६० हजार रूपैंया पुर्‍याएको कम्पनीको रिटेन्ड अर्निग १४ करोड ४१ लाख रूपैंयाभन्दा बढी र जगेडा कोष रकम २५ करोड २० लाख रूपैंयाभन्दा बढी छ ।  दोस्रो त्रैमाससम्म १ अर्ब ८२ करोड रूपैंयाभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ५ अर्ब २५ करोड रूपैंयाभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

यो अवधिसम्म कम्पनीले २ अर्ब १९ करोड रूपैंयाभन्दा बढी कर्जा सापटी लिएको छ । निष्क्रिय कर्जा गत वर्ष ६.२० प्रतिशत रहेकोमा यस वर्ष बढे ७.४५ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी १४.८५ रूपैंया रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७३.३३ रूपैंया रहेको छ ।

 

शनिबार, २८ माघ २०७९, १७ : ११

प्रतिक्रिया