सिनर्जी पावर डेभलपमेन्टको साधारणसभा रद्द

आइतबार, २९ माघ २०७९, १२ : ११

काठमाडौँ- सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारणसभा रद्द गरेको छ। 

कम्पनी सञ्चालक समितिको गत माघ १७ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो फागुन ४ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाडौँ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुने भनिएको थियो। 


सभाले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने अजेन्डा गरिएको थियो। 

कम्पनीका अनुसार हकप्रद जारी गर्ने अजेन्डा कम्पनीको १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भइसकेकोले पुनः निर्णय गर्न नपर्ने भएकोले विशेष साधारणसभा रद्द गरिएको कम्पनीले स्पष्ट पारेको छ। वार्षिक साधारणसभाबाट अनुमोदन भइसकेकोले अब कम्पनीले चुक्तापुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिने प्रक्रिया अगाडि बढाउनेछ। 

कम्पनीले गत कात्तिक २७ गते हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको छ। आयोगको गत माघ १२ गते बसेको बैठकले सिनर्जी पावरलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। 

सिनर्जी पावर दोलखा जिल्लामा निर्माणाधीन सिप्रिङ खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो। 

आइतबार, २९ माघ २०७९, १२ : ११

प्रतिक्रिया