सन नेपालको अपरिष्कृत वित्तिय विविरण सार्वजनिक

आइतबार, २९ माघ २०७९, १२ : ३८

 काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अपरिष्कृत वित्तिय विविरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको मुनाफा ३ सय प्रतिशले बढेको छ।

गत आर्थिक बर्षमा ८ करोड मुनाफा आर्जन गरेको कम्पनीले यस त्रैमासमा ३५ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।

त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन ४१ प्रतिशत र खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढेको छ ।

कम्पनीको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४१ प्रतिशतले बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीले यस त्रैमाससम्ममा ३७ करोड रुपैयाँ कुल दाबी रकम भुक्तानी गरेको छ भन २४ लाख रुपैयाँ भुक्तानी हुने प्रकृयामा रहेको छ।

त्यस्तै, कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ करोड र जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

 

आइतबार, २९ माघ २०७९, १२ : ३८

प्रतिक्रिया