सानिमा जिआईसीको वित्तिय विवरण सार्वजनिक

आइतबार, २९ माघ २०७९, १३ : ०२

काठमाडौँ - सानिमा जिआईसी इन्स्योरेन्सले प्रकाशन गरेको अपरिष्कृत तथ्यांक अनुसार पुस मसान्तसम्ममा कम्पनीको मुनाफामा उल्लेखनीय वृद्धि देखिएको छ। यस त्रैमाससम्ममा कम्पनीको मुनाफा १०२ प्रतिशतले बढेको छ।

कम्पनीको मुनाफामा आकर्षक सुधार हुँदा यस त्रैमाससम्ममा कम्पनीले ११ करोड ७४ लाख रुपैयाँ मुनाफा अर्जान गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

कुल बीमा शुल्क आर्जन ६२ प्रतिशतले बढेर ७५ करोड १४ लाख पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४६ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

यस त्रैमाससम्ममा कम्पनीले ३६ करोड १९ लाख कुल दावी भुक्तानी गर्न सफल भएको छ ।

त्यस्तै, पुनर्बीमा पश्चात्को खुद बीमा शुल्क आर्जन ६१ प्रतिशतले बढेर २३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १४ करोड रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको हालको चुक्ता पुँजि २ अब रुपैयाँ रहेको छ भने जगेडामा २६ करोड ३२ लाख रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा र प्रति शेयर किताबी मूल्य १३१ रुपैयाँ ८७ पैसा छ ।

आइतबार, २९ माघ २०७९, १३ : ०२

प्रतिक्रिया