राष्ट्रिय बीमा संस्थानको तालिम सम्पन्न

आइतबार, २९ माघ २०७९, १४ : ५९

काठमाडौँ - राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सम्बन्धी माघ २६ गतेदेखि २८ गतेसम्म ३ दिने अभिकर्ता तालिम प्रदान गरेको हो ।  

बजार व्यस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।

तालिम सम्पन्न पश्चात नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड अनुसार परीक्षा संचालन गरिएको थियो। तालिमको संयोजक जनकपुर शाखा कार्यालयका प्रमुख निसा राय तथा कर्मचारी सन्तोष कुमार शाहले सहजीकरण गरेका थिए ।

तालिम पश्चात भावी अभिकर्ताहरु बीमा संस्थान सरकारी स्वामित्व र विश्वसनीय भएकोले बीमा गराउन सहज हुने प्रतिबद्धता गरेका थिए । साथै राष्ट्रिय बीमा संस्थानले अरु शाखा कार्यालयमा पनि तालिम कार्यक्रम राखेको हुनाले इच्छुक व्यक्तिले तालिममा सहभागी हुन् सक्ने छ ।

आइतबार, २९ माघ २०७९, १४ : ५९

प्रतिक्रिया