सशस्त्रमा शक्तिकेन्द्रको आडमा बढुवा चलखेल !

मंगलबार, १४ फागुन २०७५, १३ : ५७

काठमाडौं– सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपी) बाट सशस्त्र प्रहरी उपरिक्षक (एसपी) बढुवाका लागी शक्तिकेन्द्रको आडमा चलखेल शुरु भएको छ । 

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले फागुन १ गते डिएसपी बाट एसपी बढुवाका लागी सुचना प्रकाशन गरेको थियो । सुचना प्रकाशन भएसँगै कार्यक्षमता र दक्षता कमजोर भएका डिएसपीहरुलाई शक्तिकेन्द्रको आडमा बढुवा गर्न लागिएको बताईएको छ ।

सशस्त्र प्रहरी नियमावली अनुसार ‘अनुसुची–१३’ अन्तर्गतको फारममा आफ्नो योग्यता लगायत आफुले गरेको विशेष कामको विवरण बुझाउनुपर्छ । त्यसपछी बढुवा समितीले सिफारिस सुचि प्रकासन गर्ने कानुनी ब्यवस्था रहेको छ । 

सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपेन्द्र कुँवरलाई कांग्रेस नेतृ आरजु राणा (देउवा)ले बढुवा गर्न दवाव दिएको पाईएको छ । दिपेन्द्र कुँवर पुर्व प्रधानमन्त्री एवं कांग्रेस सभापती शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाको ज्वाईं हुन् । 

सशस्त्र प्रहरी नियमावली–२०७२ मा गणपती तालिम वा स्टाफ कलेज पास गरेकालाई मात्र बढुवा गर्नुपर्ने प्रावधान रहेको भएपनी प्रतिस्पर्धाको हिसावले स्टाफ कलेज पास गर्नेलाई महत्व दिनुपर्ने हुन्छ । डिएसपी कुँवरले स्टाफ कलेज गरेका छैनन् । 

त्यस्तै, स्टाफ कलेज नगरेका अर्का डिएसपी शंकर खनाललाई सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बढुवा उपहार दिन लागेका छन् । शंकर खनाल र सशस्त्र प्रहरी प्रमुख बिच पारिवारिक नाता रहेको छ । 
केही दिनमा प्रकाशित हुन लागेको सिफारिस सुचिमा ३७ जना डिएसपीहरु एसपी बढुवाका लागी सिफारिस हुँदैछन् । १ सय जना प्रतिस्पर्धी मध्ये सिसम–२ का ३१ जनाले स्टाफ कलेज पास गरेका छन् ।
आरजु देउवालको दवावमा एसपी बढुवा हुन लागेका कुँवर कञ्चनपुरको गड्डाचौकी र रसुवाको गुल्ममा गुल्मपती भईसकेका छन् । 

दोहोराएर गुल्मपती दिने चलन नभएपनी शक्तिकेन्द्रकै आडमा पटक–पटक आकर्षक पोष्टिङ हत्याउन सफल भएका कुँवरले रसुवा गुल्मको प्रमुख हुँदा आधा समय काठमाडौंमै बसेर बिताएका थिए । 
डडेल्धुराका कुँवर हाल मानवस्रोत विकास विभागका कार्यरत रहेपनी उनलाई सशस्त्र प्रहरी प्रमुख खनालले कार्यालय नै नजाने छुट दिएको शसस्त्र प्रहरी बलका एक अधिकृतले जानकारी दिए । यसवारे सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

मंगलबार, १४ फागुन २०७५, १३ : ५७

प्रतिक्रिया