काठमाडौँ- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ।
बैंकले गत माघ २६ गतेबाट ‘१०.३०५ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको अब यो ऋणपत्रमा फागुन ८ गतेसम्म आवेदन दिन सकिन व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलले जनाएको छ।
बैंकले यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख इकाइ बिक्री गर्नेछ। कुल इकाइमध्ये बैंकले १४ लाख ४० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ९ लाख ६० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ। सर्वसाधारणका लागि जारी गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४८ हजार इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ९ लाख १२ हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यसका लागि सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन्।
प्रतिक्रिया