बुद्धभुमि नेपाल हाइड्रोपावर घाटामा

सोमबार, ०१ फागुन २०७९, ०९ : ०८

काठमाडौँ- बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 

प्रकाशित वित्तिय विवरण अनुसार कम्पनी घाटामा रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नोक्सानीमा छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनी ५७ लाख १९ हजार रुपैयाँ खुद नोक्सानीमा थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १ करोड ३६ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् उत्पादन नै सुरु गरेको थिएन । 
 
हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ६ करोड ७१ लाख रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५४ पैसा नकारात्मक र प्रतिसेयर नेटवर्थ ८६.५४ रुपैयाँ रहेको छ ।

सोमबार, ०१ फागुन २०७९, ०९ : ०८

प्रतिक्रिया