एनएलजी इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

सोमबार, ०१ फागुन २०७९, १४ : ०३

काठमाडौँ - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको अधिकांस सूचकमा उल्लेख्य प्रगति देखिएको छ ।

चालु आवको पुष मसान्तसम्ममा कम्पनीले १० करोड ६६ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत वर्षको तुलनामा ३.६२ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म एनएलजीले १० करोड २५ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको ६ महिनासम्म आइपुग्दा कम्पनीले एक अर्ब २० करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको बीमा ब्यवसाय समेत बढ्न पुगेको देखिएको छ । यो ब्यवसाय गत वर्षको तुलनामा ०.२८ प्रतिशत बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले १ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको थियो ।

साथै यस अवधिसम्म कम्पनीको बीमा कोषको आकार समेतम ११.७५ प्रतिशत बढेर कोषमा एक अर्ब २० करोड रुपैयाँ संचिती रहेको छ । साथै जगेडा कोषको आकार ६.६३ प्रतिशत घटेको छ भने महाविपत्ती कोषको आकार २१.९९ प्रतिशतले बढेको छ ।

सोमबार, ०१ फागुन २०७९, १४ : ०३

प्रतिक्रिया