संसदीय सुनुवाइ समितिको बैठक आज पनि स्थगित

मंगलबार, १४ फागुन २०७५, १६ : १४

काठमाडौँ – संसदीय सुनुवाई विशेष समितिको आज मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ । 

सिंहदरबारमा मंगलबार अपरान्ह २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

समितिमा कांग्रेसका चार सदस्य छन् । समितिमा सत्तारूढ नेकपाका नौ र राष्ट्रिय जनता पार्टी र संघीय फोरमका एक–एक सदस्य छन् । बैठक सञ्चालनका लागि बहुमत सदस्य अर्थात् कम्तीमा ८ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था संसदको नियमावलीमा छ । त्यहि नियम अनुसार आज सबै सदस्य उपश्थित नहुदा बैठक स्थगित भएको हो । 
 

मंगलबार, १४ फागुन २०७५, १६ : १४

प्रतिक्रिया