मुनाफामा वृद्धि

मंगलबार, ०२ फागुन २०७९, १३ : ५५

काठमाडौँ - निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा औषतमा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुको खुद नाफा गत आवको यसै अवधिसम्मको तुलनामा १९.१७ प्रतिशतले बढ्न पुगेको हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब १४ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा १८ मध्ये तीन कम्पनीको मुनाफा घटेको छ भने अधिकांश कम्पनीले यस अवधिसम्म मुनाफा बढाउन सफल भएको छ ।

सबैभन्दा बढी मुनफा आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले सो अवधिसम्म ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । साथै दोस्रोमा धेरै मुनाफा कमाउनेमा निर्जीवन बीमा कम्पनीहरुमा अब्बल शिखर इन्स्योरेन्सले २४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, यस अवधिसम्म सगरमाथा इन्स्योरेन्सले १७ करोड ९३ लाख र नेको इन्स्योरेन्सले १७ करोड ६० लाख रुपैयाँमाथि नाफा कमाएको छ । त्यस्तै, नेशनल, प्रिमियर, नेपाल, सिद्धार्थ, आइएमई जनरल, ओरियन्टल, सानिमा जिआइसी, हिमालयन एभरेष्ट, एनएलजी र लुम्बिनी जनरल इन्स्योरेन्स १० करोड भन्दा बढी मुनाफा आर्जन गरेका छन् । साथै प्रभु, युनाइटेड, अजोड र प्रुडेन्सियल इन्स्योरेन्सले भने १० करोडभन्दा मुनि नाफा कमाएको छ ।

मंगलबार, ०२ फागुन २०७९, १३ : ५५

प्रतिक्रिया