सिक्लेस हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक

मंगलबार, ०२ फागुन २०७९, १४ : १४

 काठमाडौँ - सिक्लेस हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तीय विवरण प्रकाशित गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक बर्षको पुस महिनासम्ममा ६ करोड २७ लाख रूपैँया भन्दा बढी नाफा कमाएको छ । 

असोज मसान्तसम्म ६ करोड २ लाख रूपैँया भन्दा बढी खुद नाफा गरेको कम्पनीले पुस मसान्तसम्म २५ लाखभन्दा बढी खुद नाफा अर्जन गर्न सफल भएको हो ।

विद्युत् विक्रीबाट १९ करोड ३३ लाख रूपैँया भन्दा बढी आम्दानी गरेको कम्पनीको कुल सञ्चालन खर्च २ करोड २ लाख रूपैँयाभन्दा बढी रहेको छ ।

वित्तीय खर्च दोस्रो त्रैमाससम्म ७ करोड ३५ लाख रूपैँयाभन्दा बढी भएको छ । असोज मसान्तसम्म कम्पनीको वित्तीय खर्च ३ करोड ६५ लाख रूपैँया भन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ८५ करोड रूपैँया रहेको छ भने जगेडा कोष रकम १६ करोड ९१ लाख रूपैँया भन्दा बढी छ । दिर्घकालिन कर्जा दोस्रो त्रैमाससम्म १ अर्ब ३५ करोड ६७ लाख रूपैँया भन्दा बढी छ । 

असोज मसान्तसम्मको तुलनामा कम्पनीको दिर्घकालिन कर्जा कम रहेको छ । असोज मसान्तसम्म कम्पनीको दिर्घकालिन कर्जा १ अर्ब ४० करोड रूपैँया भन्दा बढी थियो । प्रतिशेयर आम्दानी १४.७७ रूपैँया रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११९.९० रूपैँया रहेको छ ।

 

मंगलबार, ०२ फागुन २०७९, १४ : १४

प्रतिक्रिया