काठमाडौँ- ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकका ग्राहकहरुले काठमाडौं, दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रा.लि.मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने बारे समझदारी भएको छ ।
सो सम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनी प्रा।लि।का तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरे । उक्त समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग ९ल्क्ष्ऋ ब्क्क्ष्ब् ःयद्यबलप० एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले उक्त केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त हुने छ भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सकिने छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू।३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।
प्रतिक्रिया