घट्यो स्वास्थ्य परिक्षण शुल्क

विहीबार, ०४ फागुन २०७९, १४ : १४

काठमाडौं - १८ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बीमितहरुको स्वास्थ्य परिक्षणमा ३ करोड ४४ लाख ८६ हजार रुपैयाँ खर्चिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बमिा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ४३.४४ प्रतिशतले घट्न पुगेको हो ।

चालु आर्थिक वर्षको ६ महिनासम्म ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका १८ जीवन बीमा कम्पनीले आफ्ना बीमितहरुको स्वास्थ्य परिक्षणका लागि जम्मा ३ करोड ४४ लाख रुपैयाँमात्रै खर्चिएको देखिएकोछ । गत आवको यसै अवधिसम्म कम्पनीहरुले स्वास्थय परिक्षणमा ६ करोड ९ लाख रुपैयाँ खर्चेको थियो ।

विवरणअनुसार कम्पनीहरुले स्वास्थय परिक्षण शुल्क घटाएसँगै कम्पनीको जोखिम पनि उत्तिकै बढ्ने देखिन्छ । जीवन बीमा कम्पनीहरुले बीमितले बीमा गर्नुअघि निजको स्वास्थय परिक्षण गरेर मात्रै बीमा गनुपर्ने प्राबधान रहेको छ ।

तर पछिल्लो समय बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य गनुपर्ने प्रावधानलाई कागजमा मात्रै सीमित राखेको वित्तीय विवरणले देखाएको छ । १८ मध्ये मेट लाइफ बाहेक सबै जीवन बीमा कम्पनीको स्वास्थ्य परिक्षण घट्दा बीमा क्षेत्रप्रति नै नकारात्मक असर पर्ने देखिन्छ ।

विहीबार, ०४ फागुन २०७९, १४ : १४

प्रतिक्रिया