आज ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

शुक्रबार, ०५ फागुन २०७९, ०८ : २१

काठमाडौं - ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार (फागुन ५ गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

मागभन्दा बढी आवेदन परेकाले ऋणपत्रमा आजसम्म मात्रै आवेदन लिन लागेको बैंकले जनाएको छ । बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 


त्यस्तै, सामूहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो । बाँकी ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला भएको हो । बैंकले ५ वर्ष अवधिको ११.२५% ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४-८५’ जारी गरेको हो । 


यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

 

शुक्रबार, ०५ फागुन २०७९, ०८ : २१

प्रतिक्रिया