यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, ०५ फागुन २०७९, ०९ : १५

काठमाडौँ -नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदरद १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ।  
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०४ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९३ पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७५ पैसा रहेको छ । 
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

शुक्रबार, ०५ फागुन २०७९, ०९ : १५

प्रतिक्रिया