राष्ट्रिय बीमा संस्थानद्धारा खाद्दान्न वितरण

शुक्रबार, ०५ फागुन २०७९, ११ : ३८

काठमाडौं- सरकारी स्वामित्वमा रहेको एक मात्र बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले सामाजिक उत्तरदायित्व अन्तरगत ५६ औं बार्षिकोत्सवको उपलक्ष्यमा खाद्दान्न वितरण गरेको छ ।

 ललितपुरमा अवस्थित होप राईजिङ्ग चिल्ड्रेन होमका अध्यक्ष नन्दऋषि आचार्यलाई राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र अरु कर्मचारीको उपस्थितिमा खाद्द सामग्री चामल,दाल, तेल , चिनी ,चिउरा लगायतका समान वितरण गरिएको हो ।

असहाय, न्यून वर्ग तथा आर्थिक अवस्था कमजोर भएको बालबालिकाको लागि स्थापना भएको सो चिल्ड्रेन होममा ३० जना बिद्दार्थी बसेर त्यहाबाट नजिक पर्ने विश्वमित्र सामुदायिक बिद्दालयमा कक्षा ३ देखि १० सम्म अध्यनरत छन् ।

शुक्रबार, ०५ फागुन २०७९, ११ : ३८

प्रतिक्रिया