माछापुच्छ्रे बैंकको नयाँ योजना

शुक्रबार, ०५ फागुन २०७९, ११ : ५८

काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले गत माघ २७ गतेदेखिआकर्षक सुविधा सहित युवा लक्षित डिजी युवा सेभिङ्ग अकाउन्ट संचालनमा ल्याएको छ ।  

साथै संचालनमा ल्याएको नयाँ खातामा बैंकले यसअघि संचालनमा ल्याएको विभिन्न चारवटा खाताहरु मिलान गरेको छ । बैंकले साविकको युवा बचत खातामा विभिन्न सुविधा थप गरी नयाँ डिजी युवा सेभिङ्ग अकाउन्ट नाममा परिवर्तन गरेको हो ।

साथै साविकको स्टुडेन्ट सेभिङ्ग अकाउन्ट, स्टुडेन्ट अकाउन्ट अन्तर्गत रहेका माइनर खाताहरु बैंकको नर्मल सेभिङ्ग अकाउन्टमा मिलान गरिएको छ । त्यस्तै, बैंकले संचालन गर्दै आएको एमबिएल प्रिमियम सेभिङ्ग अकाउन्ट उप्रान्त बन्द गरि यसअघि खोलिएका एमबिएल प्रिमियम सेभिङ्ग अकाउन्टहरु भने कायमै रहने र ति अकाउन्टमा प्रदान गरिएको सुविधाहरु यथावत रहने बैंकले जनाएको छ ।

शुक्रबार, ०५ फागुन २०७९, ११ : ५८

प्रतिक्रिया