माछापुच्छ्रे बैंकको डिजी युवा सेभिङ्ग अकाउन्ट सञ्चालनमा

शुक्रबार, ०५ फागुन २०७९, १५ : ०१

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले युवा लक्षित डिजी युवा सेभिङ्ग अकाउन्ट सञ्चालनमा ल्याएको छ ।

 बैंकले गत माघ २७ गतेदेखिआकर्षक सुविधा सहित युवा लक्षित डिजी युवा सेभिङ्ग अकाउन्ट सञ्चालनमा ल्याएको हो। बैंकले साविकको युवा बचत खातामा विभिन्न सुविधा थप गरी नयाँ डिजी युवा सेभिङ्ग अकाउन्ट नाममा परिवर्तन गरेको हो ।


साविकको स्टुडेन्ट सेभिङ्ग अकाउन्ट, स्टुडेन्ट अकाउन्ट अन्तर्गत रहेका माइनर खाताहरु बैंकको नर्मल सेभिङ्ग अकाउन्टमा मिलान गरिएको छ ।  त्यस्तै, बैंकले सञ्चालनमा गर्दै आएको एमबिएल प्रिमियम सेभिङ्ग अकाउन्ट उप्रान्त बन्द गरि यसअघि खोलिएका एमबिएल प्रिमियम सेभिङ्ग अकाउन्टहरु भने कायमै रहने र ति अकाउन्टमा प्रदान गरिएको सुविधाहरु यथावत रहने बैंकले जनाएको छ ।

शुक्रबार, ०५ फागुन २०७९, १५ : ०१

प्रतिक्रिया