काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा कुवेतलाई पराजित गरेको छ ।
कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो ।
प्रतियोगितामा नेपालको तर्फबाट करुना भण्डारी र नेरी थापाले उत्कृष्ट प्रदर्सन गरेका छन् । करुना भण्डारीले ३ विकेट लिएकी छिन् भने अन्तिम बलमा कप्तान रुबिना क्षेत्रीले ह्याट्रीक पुरा गरेकी छिन् । उनले अन्तीम ओभरमा अन्तीम तीन बल रहदा ह्याट्रीक पुरा गरेकी हुन् । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । नेरीले १९ बलमा १९ रन नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए ।
खेलसगै नेपाल क्वालीफाइबाट बन्चित भएको छ ।
प्रतिक्रिया