काठमाडौँ – भारत–पाकिस्तान तनाब बढीरहेकै बेला पाकिस्तानी लडाकू विमान भारत छिरेका छन् ।
बुधबार बिहानै पाकिस्तानी विमान सीमा पार गर्दै भारत प्रवेश गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मंगलबार भारतले पाकिस्तान प्रवेश गरेर त्यहाँको उग्रवादी समूह जैस–ए–मोहम्मद विरुद्ध आक्रमण गरेको थियो। आफ्नो सीमाभित्रै छिरेर भारतले आक्रमण गर्न थालेपछि बुधबार पाकिस्तानी विमानहरुले भारतको नियन्त्रित रेखा पार गरेका हुन।
पाकिस्तानी एफ–१६ लडाकु विमान भारतीय नाउसेरा क्षेत्रको आकाशमा देखिएपछि भारतले विमानलाई प्रतिकार गरेको थियो। त्यसपछि पाकिस्तानी विमान फर्किएको जनाइएको छ।
प्रतिक्रिया