कृषि बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त

आइतबार, ०७ फागुन २०७९, ०८ : ०५

काठमाडौँ - कृषि विकास बैंकको संचालक समितिले रिक्त प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । गुरुङलाई आगामी चार बर्षको लागि प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा नियुक्त गरिएको हो ।

निवर्तमान सिईओ अनिल उपाध्यायको कार्यकाल सकिएपनि नयाँ सिईओका लागि खुला आवेदन माग गरिएको थियो । गुरुङले भोलि सोमबारदेखि पदभार सम्हाल्नेछन्।

म्यानमारको म्यानमार सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट एक महिना अघिमात्र राजिनामा दिएका गुरुङले यस अघिनै सिभिल बैंकको सिईओका रुपमा समेत काम गरिसकेका छन्
। 

आइतबार, ०७ फागुन २०७९, ०८ : ०५

प्रतिक्रिया