काठमाडौँ – अपि पावरले कम्पनीले यहि फागुन १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभामा कम्पनीले ७.५०५ बोनस सेयर र कर तिर्न ०.३९५ नगद गरी जम्मा ७.८९५ लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४०५ का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया