ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

आइतबार, ०७ फागुन २०७९, १३ : ५३

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो ।  यद्यपि, कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार अर्थात् फागुन ८ गते दिउँसो ३ बजे हुनेछ । 

इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।  यसअघि केन्दीय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

आइतबार, ०७ फागुन २०७९, १३ : ५३

प्रतिक्रिया