घातक रोग दाबी रकम भुक्तानी

आइतबार, ०७ फागुन २०७९, १७ : १५

 काठमाडौं - आईएमई लाइफद्धारा घातक रोग दाबी रकम भुक्तानी गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–४, घ–गाउँका तारा खड्कालाई घातक रोग दाबी बाफत ६ लाख भुक्तानी गरेको हो ।

कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बिमा जिवन सुरक्षाका लागि गर्नुपर्ने बताए । भारतीय बीमा कम्पनीबाट आफु ठगिएपछि बिमा प्रति बिश्वास गुमेको थियो । तर नेपाली बिमाले भुक्तानी गरेको देखेपछि आफुले समेत बिमा गरेको जानकारी दिए ।

विगतमा विभिन्न कम्पनीहरुको बदमासीले बीमा प्रति बिश्वास टुटेको सुनाउँदै अहिले आईएमई लाईफ कम्पनी उनको सहारा बनेको पुनर्वास–४ का वडाध्यक्ष मनोज जैशीले बताए ।

आइतबार, ०७ फागुन २०७९, १७ : १५

प्रतिक्रिया