काठमाडौं - अपि पावरले कम्पनीले फागुन १४ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले सभा फागुन ४ गते गर्ने निर्णय गरेको हो । सभा, बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीले ७.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी जम्मा ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया