ङादी ग्रुपको लाभांश सुरक्षित गने आज अन्तिम दिन

सोमबार, ०८ फागुन २०७९, १२ : ३०

काठमाडौं- ङादी ग्रुपको लाभांश सुरक्षित गने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४।५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव पेश गर्नेछ ।  

सभा युनियन हाउस अनामनगर काठमाडौंमा १० बजे बिहान बस्ने भएको छ । 

सोमबार, ०८ फागुन २०७९, १२ : ३०

प्रतिक्रिया