व्यवस्थापन खर्च घटाउदैँ बीमा कम्पनीहरु

सोमबार, ०८ फागुन २०७९, १३ : ५३

काठमाडौं-  जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को ६ महिनासम्ममा ४ अर्ब ८१ करोड ६५ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् ।

 १८ जीवन बीमा कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिसम्म कम्पनीहरुको व्यवस्थापन खर्च ४.२०५ ले घटेको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीहरुले ५ अर्ब २ करोड ७६ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका थिए । एक वर्षको तुलनामा कम्पनीहरुको व्यवस्थापन खर्च घट्न पुगेको हो । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम जीवन बीमा कम्पनीहरुले एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता गरेतापनि केही कम्पनीबाहेक अधिकांश कम्पनीको व्यवस्थापन खर्च घटेको वित्तीय रिर्पोटले देखाएको छ ।

१८ मध्ये ८ कम्पनीको व्यवस्थापन खर्च बढेको छ भने १० कम्पनीको व्यवस्थापन खर्च घटेको छ । सबैभन्दा बढी खर्च बढ्नेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई एकीकृत कारोबार सुरु गरेसँगै पनि सूर्यज्योतिको व्यवस्थापन खर्च यस अवधिसम्म ४४.०८ प्रतिशतले बढेको छ । पुष मसान्तसम्म सूर्यज्योतिले ३७ करोड ५६ लाख ९९ हजार रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ ।

त्यस्तै, दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले सो अवधिसम्म १४ करोड ९८ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । यो खर्च गत वर्षको तुलनामा १९.१०५ ले बढी हो । साथै कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफको पनि यस अवधिसम्म यस्तो खर्च १४.६६ प्रतिशतले बढेको छ । त्यस्तै, एलआइसी नेपालको ८.३२ प्रतिशत, प्रभु लाइफको ५.१० प्रतिशत, सानिमा लाइफको ५.१० प्रतिशत, रिलायबल नेपाल लाइफको १.९० प्रतिशत र आइएमई लाइफको ०.८५ प्रतिशतले व्यवस्थापन खर्च बढेको छ ।

सोमबार, ०८ फागुन २०७९, १३ : ५३

प्रतिक्रिया