नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

सोमबार, ०८ फागुन २०७९, १८ : ००

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले सान्ति त्रिवेणी गाउँपालिका वडा नं.१ कालिकोट निवासी मृतक बीमित उमेश राज गिरीको परिवारलाई बीमा दाबी वापतको ६ लाख ४८ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

गिरीले कम्पनीमा ३ लाखको जीवन अमृत बीमा गरेका थिए । उनको गत मंसिर २४ गतेका दिन जेसिबि दुर्घटनामा परि निधन भएको थियो । उनको मृत्युपश्चात् कम्पनीले बीमितिको दिदी शुसिला कुमारी गिरीलाई साढे ६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

सोमबार, ०८ फागुन २०७९, १८ : ००

प्रतिक्रिया