‘ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा उपयोग गर्नू’ : नेपाल राष्ट्र बैंक

मंगलबार, ०९ फागुन २०७९, ०८ : ०८

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा लिन आग्रह गरेको छ ।


राष्ट्र बैंकले आज एक सन्देश जारी गर्दै  यास्तो आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन राष्ट्र बैंकले आग्रह गरेको हो । 


राष्ट्र बैंकले जारी गरेको सन्देशमा भनेको छ,  ‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थित ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । स्थित ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकरात्मक असर पर्न दिँदैन ।’

मंगलबार, ०९ फागुन २०७९, ०८ : ०८

प्रतिक्रिया