राष्ट्र बैंकद्धारा लाभांश स्वीकृत

बुधबार, १० फागुन २०७९, ११ : ४६

काठमाण्डौँ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश  नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। 

संस्थाको गत माघ १६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्।

 प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो। राष्ट्र बैंकले संस्थाको प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो। 

अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गर्ने छ। 

 

 

बुधबार, १० फागुन २०७९, ११ : ४६

प्रतिक्रिया