किसान लघुवित्तद्धारा लाभांश प्रस्ताव

बुधबार, १० फागुन २०७९, ११ : ५९

काठमाण्डौँ - किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको मंगलबार (फागुन ९ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्ष २०७८–७९ सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको कुल ७.३६८४ प्रतिशतले हुन आउने ३ करोड ४७ लाख ३२ हजार ५६५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ६२८ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

 

बुधबार, १० फागुन २०७९, ११ : ५९

प्रतिक्रिया