लघुवित्तको लाभांश वितरणमा राष्ट्र बैंकको नयाँ व्यवस्था

बुधबार, १० फागुन २०७९, १८ : ११

काठमाडौँ - नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।

 जस अनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) माथिको वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको साधारण प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।


 

बुधबार, १० फागुन २०७९, १८ : ११

प्रतिक्रिया