काठमाडौँ- सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कुल २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । गत फागुन ९ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूजीको २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १३ करोड २० लाख रूपैँया रहेको छ । कम्पनीले सोहि चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश दिने तयारी गरेको हो ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया