बैंकहरूको निक्षेप संकलनमा वृद्धि

विहीबार, ११ फागुन २०७९, १८ : ०६

काठमाडौँ - बैंकहरूको निक्षेप संकलन एकदिनमै ५ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

 नेपाल राष्ट्र बैंकका अनुसार फागुन १० गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । फागुन ९ गते, मंगलबारसम्म बैंकहरूको निक्षेप ५३ खर्ब ८० अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ५ अर्बले बढेर ४७ खर्ब ४७ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह २ अर्बले घटेर ४८ खर्ब २१ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि एक अर्बले घटेर ४२ खर्ब ७८ अर्ब रूपैयाँ पुगेको छ । 

बैंकहरूको औसत कर्जा( निक्षेप अनुपात (सीडी रेसियो) ८६.२७ प्रतिशतबाट घटेर ८६.१७ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

विहीबार, ११ फागुन २०७९, १८ : ०६

प्रतिक्रिया