एनएमबी लघुवित्तद्वारा कर्मचारी माग

शुक्रबार, १२ फागुन २०७९, १२ : ०६

काठमाडौं - एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।लघुवित्तले विभागीय प्रमुख (आन्तरिक लेखापरीक्षण विभाग) र विभागीय प्रमुख (लेखा, वित्त व्यवस्थापन तथा योजना विभाग) एक–एकजना माग गरेको छ । साथै सुपरभाइजर र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ ।

संस्थाले विभागीय प्रमुखका लागि लेखा तथा वित्त विषयमा स्नाकोत्तर तह वा सीए उत्तीर्ण र सहायकका लागि प्लस टु देखि स्नातक तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिन भित्र संस्थाले उपलब्ध गराएको वेबसाइट https://nmbmicrofinance.com/  मार्फत दरखास्त दिन सक्नेछन् ।

शुक्रबार, १२ फागुन २०७९, १२ : ०६

प्रतिक्रिया