‘बैंकमात्र मिलेर हुँदैन, कर्मचारी पनि मिल्नुपर्छ : अध्यक्ष पाण्डे

शुक्रबार, १२ फागुन २०७९, १२ : ५४

काठमाडौँ- साबिक सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले बैंकहरुमात्र होइन कर्मचारीहरु पनि मिल्नुपर्ने बताएका छन्। 

सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले आजबाट एकीकृत कारोबार शुभारम्भ गर्न आयोजित कार्यक्रममा अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन्। ‘बैंकमात्र मिलेर हुँदैन, कर्मचारी पनि मिल्नुपर्छ’, उनले भने, ‘अनिमात्रै बैंकले उत्कृष्ट सेवा प्रदान गर्न सक्छ।’


अध्यक्ष पाण्डले हिमालयन बैंकका परिपक्व कर्मचारी र सिभिल बैंकका युवा र जोशिला कर्मचारी मिलेर काम गरेरमा बैंक अझै सबल र दरिलो बन्ने बताए। 

‘सिभिल बैंक डिजाटाइज्ड र कम कर्मचारीबाट बढी प्रतिफल निकाल्ने बाटोमा थियो’, उनले भने, ‘अबको बाटो पनि लगानीकर्तालाई राम्रो रिटर्न दिने नै हुनुपर्छ।’

 

शुक्रबार, १२ फागुन २०७९, १२ : ५४

प्रतिक्रिया