नाडेप लघुवित्तद्धारा वार्षिक साधारण सभा आह्वान

शुक्रबार, १२ फागुन २०७९, १३ : ३८

काठमाडौँ - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको फागुन १० गते बसेको सञ्चालक समिति बैठकले चैत ८ गते आठौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा नौबिसे एग्रो रिसार्ट, धादिङमा बिहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको छ । 

सभामा आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व.२०७८र७९ सम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धि अनुसूचि र नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयरा गरिएको वार्षिक वित्तीय उपर छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ । साथै आ.व. २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

आगामी दिनमा कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

यस वर्ष कम्पनीले लाभांश वितरण गर्ने छैन । कम्पनीलाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग प्राप्ति सम्झौता बदर गरेकाले अर्को कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा नगएसम्म लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले प्रस्तावित लाभांश रद्द गरेको हो ।

लघुवित्तले साधारणसभा प्रयोजनका लागि यहि फागुन २१ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । फागुन १८ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र उक्त सभामा सहभागी हुन पाउने लघुवित्तले जनाएको छ । उक्त सभा भने चैत ८ गते नौविसे एग्रो रिसोर्ट धादिङमा हुनेछ ।

शुक्रबार, १२ फागुन २०७९, १३ : ३८

प्रतिक्रिया