सिटिजन्स बैंकका ग्राहकलाइ विशेष अफर

आइतबार, १४ फागुन २०७९, १३ : १४

काठमाडौँ- विगत १६ वर्षदेखि आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवासुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँव स्थित मेदान्त–द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा १५५ सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। 

मेदान्त अस्पतालमा भएको समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  श्री गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन्। यस किसिमको सहकार्यबाट हाल बैंकका उल्लेखनीय ग्राहकले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन्। आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ। 


यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले पाउनेछन्। बैंकले यस्तो किसिमको  सुविधा विगत ३ वर्षदेखि निरन्तर रुपमा उपलब्ध गराउँदै आइरहेको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख २६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, भिसा डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

 

आइतबार, १४ फागुन २०७९, १३ : १४

प्रतिक्रिया