निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा गिरावट

आइतबार, १४ फागुन २०७९, १५ : ०१

कठमाडौँ- माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा गिरावट आएको छ।

 पुस महिनामा ४ अर्ब बढी व्यावसाय गरेका निर्जीवन बीमा कम्पनीहरु माघ महिनामा ३ अर्बको व्यवसाय गर्न हम्मेहम्मे परेको देखिन्छ। 

सञ्चालनमा रहेका १८ वटा निर्जीवन बीमा कम्पनीहकरुले माघ महिनामा २ अर्ब ९८ करोड ४ लाख ८२ हजार बराबरको बीमा शुल्क संकलन गरेका छन्। जुन पुस महिनाको तुलनामा २७ प्रतिशतले कम हो। पुस महिनामा यस्तो व्यवसाय ४ अर्ब १ करोड ४० लाख २० हजार रुपैयाँ बराबर भएको थियो। 

व्यवसाय खस्केका १२ कम्पनी

सञ्चालनमा रहेका १८ वटा बीमा कम्पनीहरुमध्ये १२ वटा कम्पनीको व्यावसाय पुसको तुलनामा खस्केको छ। नेपाल इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स,प्रभु इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन एभरेष्ट र सानिमा जनरल इन्स्योरेन्सको व्यवसायमा गिरावट आएको हो।

माघ महिनामा सबैभन्दा बढी व्यावसाय शिखर इन्स्योरेन्सको खस्केको देखिन्छ। पुस महिनाको तुलनामा यो कम्पनीको व्यवसाय ७० प्रतिशतले घटेको छ। अर्थात, पुस महिनामा १ अर्ब ११ करोड १८ लाख बढी बीमा शुल्क संकलन गरेको शिखर इन्स्योरेन्सले माघ महिनामा मात्रै ३२ करोड ७९ लाख मात्रै संकलन गरको हो। 

यद्यपी माघसम्मको कुल व्यवसाय हेर्ने हो भने शिखरको व्यावसाय अन्य कम्पनीको तुलनामा सबैभन्दा अगाडी छ। माघ महिनामा सबै कम्पनीले गरेको व्यवसाय बराबरकै व्यवसाय माघसम्ममा शिखर इन्स्योरेन्सले गरेको छ। अर्थात चालु आर्थिक वर्षको माघ महिनासम्म २ अर्ब ९८ करोड बीमा शुल्क आर्जन गरेको छ। 

आइतबार, १४ फागुन २०७९, १५ : ०१

प्रतिक्रिया