काठमाडौं - आईएमई लाईफ इन्स्योरेन्सले बीमित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका विष्णु वहादुर श्रेष्ठको परिवारलाई जीबन बीमा भुक्तानी गरेको छ ।
शनिवार बट्टारमा आयोजित एक कार्यक्रमका विच तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद रिमाल, विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबावु ढुङ्गेल र कम्पनीका क्षेत्रिय प्रबन्धक सुनिल अधिकारीले मृतकका श्रीमति गोमा श्रेष्ठलाई ५ लाख ३० हजार रुपैयाँको दाबी भुक्तानी रकम हस्तान्तरण गरेका हुन् । स्वर्गिय श्रेष्ठले २०७६ सालमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखाबाट ५ लाख रुपैयाँको धन सिरता विमा योजना खरिद गरि ८१ हजार ३ सय रुपैयाँ जम्मा गरेका थिए ।
कार्यक्रममा बोल्दै मृतकको भौतिक क्षतिको परिपुर्ती गर्न नसके पनि आर्थिक क्षतिको न्युनीकरणमा सो विमा रकमले सहयोग गर्ने विश्वास आईएमई लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखा प्रमुख सिताराम पौडेलले विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया