काठमाडौँ - आइएमई लाइफको लेखा प्रणाली अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ । अन्य नेपाली बीमा कम्पनीहरुले आव २०७७।०७८ कै एक्चुरी वित्तीय विवरण तयार गरिरहेको बेला आइएमइ लाइफले भने गत आव अर्थात आव २०७९।०८० को एक्चुरी भ्यालुएशन सम्पन्न गरी एनएफआरएस अनुसारको वित्तीय विवरण समेत नेपाल बीमा प्राधिकरणबाट पारित गरेको छ ।
नेपाल बीमा प्राधिकरणले आज आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८र७९ को एक्चुरी भ्यालुएशन पछिको एनएफआरएस अनुसारको लेखापरीक्षण तथा वित्तीय विवरण स्वीकृत गरेको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको सातौं महिनामा वित्तीय विवरण स्वीकृत गराएको पहिलो घट्न हुन पुगेको छ । कम्पनीका सिईओ कवि फुयाँलले कम्पनीले आगामी दिनमा पनि यसैगरी निर्धारित समयमा नै वित्तीय विवरण स्वीकृत गर्ने मेनानिजम तयार भएकोले अब यसैगरी अघि बढ्ने बताए ।
आइएमई लाइफ गत आवको बार्षिका साधारणसभा गर्ने पहिलो कम्पनी हुने भएको छ । वित्तीय विवरण पारित भएसँगै कम्पनीलाई बार्षिक साधारणसभा आयोजना गर्ने बाटो खुलेको छ ।
आइएमइ लाइफले आव सकिएको सातौं महिनामा नै वित्तीय विवरण स्वीकृत गराएपछि अन्य जीवन बीमा कम्पनीहरुलाई चर्को दवाव परेको पर्ने भएको छ ।
प्रतिक्रिया