आशा लघुवित्तको लाभांश संशोधन

मंगलबार, १६ फागुन २०७९, ११ : ४३

काठमाडौँ - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका पेश गर्दा राष्ट्र बैंकबाट सो लाभांश संशोधन भएको हो ।

संशोधनपश्चात् संस्थाले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यसअघि संस्थाले आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको २०५ बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०९५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

 

मंगलबार, १६ फागुन २०७९, ११ : ४३

प्रतिक्रिया