सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

मंगलबार, १६ फागुन २०७९, १२ : १०

काठमाडौँ-  सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ। 

बैंक सञ्चालक समितिको सोमबार ९फागुन १५ गते० बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १७ गते आयोजना गर्ने निर्णय गरेको हो। 


सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट प्रस्तावित चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको कुल ८.९८३ प्रतिशतले हुन आउने २७ करोड ४ लाख ४४ हजार २६८.११ रुपैयाँ लाभांश अनुमोदन गर्नेछ। 

प्रस्तावित लाभांशमा ८.५३४ प्रतिशतले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४.७१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४९ प्रतिशतले हुन आउने १ करोड ३५ लाख २२ हजार २१३.४० रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २५ गते (फागुन २६ गते शुक्रबार र फागुन २७ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

मंगलबार, १६ फागुन २०७९, १२ : १०

प्रतिक्रिया