दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा

मंगलबार, १६ फागुन २०७९, १३ : ४९

दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा 

काठमाडौँ साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । 

पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकोे हो ।


हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिनुभयो । दश वडा भएको पालिकाको वडा नं ८ बाहेक सबै वडाका दलित परवारको बीमा गरिएको उनको भनाइ थियो  ।


गएको साउनदेखि पालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । “उत्पीडित  र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति दिन यो सुविधा दिइएको हो”, उनहाँले भने।

उक्त पालिकाले आफ्ना पालिकामा कार्यरत अन्य ५२ महिला स्वास्थ्य स्वयंसेवीकाहरुको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो ।
रासस
 

                                                                                                                                                                                   -रासस

मंगलबार, १६ फागुन २०७९, १३ : ४९

प्रतिक्रिया