आशा लघुवित्तकाे छैटौँ वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय, कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

बुधबार, १७ फागुन २०७९, ०९ : १६

काठमाडौँ – आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय गरेको छ । 

संस्थाको मंगलबार (फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा नुवाकोटको ककनी–६ स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश छन्। 

अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।  सभामा स्वतन्त्र सञ्चालक नियुक्ति गरिएको जारी गराइन्छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही फागुन ६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

बुधबार, १७ फागुन २०७९, ०९ : १६

प्रतिक्रिया