डेभलपमेन्ट बैंकर्स एसोसिएसनको १७ औँ वार्षिक साधारणसभा यहि चैत ३ गते, यस्ता छन् अजेन्डा

बुधबार, १७ फागुन २०७९, ०९ : २२

काठमाडौँ –  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १७ औँ वार्षिक साधारणसभा यहि चैत ३ गते डाकेको छ। 

एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा चितवन नेसनल पार्कस्थित होटेल मेघौलीसराई, ताज सफारीमा वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा दिउँसो १ बजेबाट सुरु हुने समितिले बतायो । 

समितिको अनुसार, सभाले आगामी २ वर्ष कार्यकालका लागि नयाँ कार्यसमितिका पदाधिकारी चयन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। चालु आर्थिक वर्ष २०७९–८०का लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने र अनुमानित आय–व्याय पारित गर्नेछ। 

विधान संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

बुधबार, १७ फागुन २०७९, ०९ : २२

प्रतिक्रिया