रिलायबल लाइफ इन्सुरेन्सद्धारा ललितपुरलाइ सडक डिभाइडर सहयोग

बुधबार, १७ फागुन २०७९, १२ : ३९

काठमाडौँ- ूजीवन बीमा जरुरी छू भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ ।

 

कम्पनीले बेला बखतमा गर्ने गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७९।११।१६ मा सडक दुर्घटनाको जोखिम न्यूनिकरणका निम्त्ति यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ (बाह्र) थान सडक डिभाइडर सहयोग गरेको छ । 

उक्त हस्तानतरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुर का प्रमुख श्री शिद्घी विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए । साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक  दिपेश बाबु तिवारी ले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी भएको व्यक्त गरे र फेरी पनि आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताए ।      
                    

बुधबार, १७ फागुन २०७९, १२ : ३९

प्रतिक्रिया